२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

उम्मेदवार हुन राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले आचारसंहितामा राजीनामा दिनुपर्ने व्यवस्था राख्नु पर्नाको कारणसहित लिखित जवाफ पेस गर्न भनेको छ।