५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रोलरको ठक्करबाट कपिलवस्तुमा एकको मृत्यु



तौलिहवा ।

रोलरको ठक्करबाट कपिलवस्तुमा एकजनाको मृत्यु भएको छ । जिल्लाको महाराजगंन्ज २ स्थित तौलिहवा बहादुरगंन्ज हुलाकि सड्क गैड्हवा नजिक आज विहान रोलरको ठक्करबाट सुपरभाईजरको ज्यान गएको हो ।

हुलाकी सड्कमा सड्क विभागका तर्फबाट सुपरभाईजर रहेका कपिलवस्तु नगरपालिका ४ पण्डितडिहवाका बसन्त कुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

ग २ क ४३३९ नं को रोलरले रोड बनाउने क्रममा ठक्कर दिएको र उपचारको क्रममका ज्यान गएको बताईएको छ । मृतकका भाई लोकनाथ यादवले भाई र सड्कका कर्मचारीबीच पहिलेदेखि विवाद रहेको हुँदा रिसिईविका कारण ज्यान गएको बताएका छन् । मृतका आफन्तहरु अहिले कपिलवस्तु अस्पतालमा जम्मा भएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८ मंगलबार ००:००  २ : ३० बजे