१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सशस्त्र द्वन्द्वका घाइतेलाई राहत दिन प्रधानमन्त्रीसँग प्रचण्डको माग



काठमाडौं ।

धानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। मंगलबार बिहान भएको भेटवार्तामा प्रचण्डले प्रधानमन्त्री देउवालाई १० वर्षे सशस्त्र द्वन्द्वबाट पीडित भएकालाई राहत र सम्मान उपलब्ध गराउनुपर्ने विषयमा ध्यानकर्षण गराएको प्रचण्डका स्वकीय रमेश मल्लले बताए।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएकाहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन गर्न माग गरको छन्।

यस्ता छन् माग

१. सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन,

२. सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरूलाई सूचीकृत गर्ने,

३. सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,

४. जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा शहीद हुनुभएकाहरूको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने,

५. सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरूलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने ।

प्रकाशित मिति : ८ चैत्र २०७८ मंगलबार ००:००  १२ : ०३ बजे