१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

बार्बाडोसले चुन्यो राष्ट्रपति, बेलायती महारानीलाई राष्ट्रप्रमुख नमान्ने

एजेन्सी । क्यारेबियन टापु मुलुक बार्बाडोसले पहिलो पटक राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति निर्वाचित गरेको छ।बिबिसीका अनुसार कुनैबेला बेलायतको उपनिवेश रहेको बार्बाडोसले अहिलेसम्म बेलायती महारानी एलिजावेथलाई राष्ट्रप्रमुख मान्दै आएको थियो। ७२ वर्षीया डाम सान्द्रा मासोन राष्ट्रपति निर्वाचित भएसँगै बार्बाडोस अब गणतान्त्रिक मुलुक बन्ने भएको छ। बेलायतबाट स्वतन्त्र भएको ५५ औं वार्षिकोत्सवका अवसर पारेर आगामी नोभेम्बर ३० मा…