काठमाडौं ।नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का बर्षा भइरहेको छ । शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन,चट्याङ्गर हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ।…