८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रेमिकाको अश्लिल फोटो भिडिओ खिचेर सामाजिक सञ्जालमा हालेको आरोपमा एक पक्राउ



काठमाडौं ।

प्रेमिकाको अश्लिल फोटो-भिडिओ सामाजिक सञ्जालमा हालेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले दोलखा घर भई काठमाडौंको टोखा बस्ने २३ वर्षीय सुजन जिरेललाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। उनले प्रेमिकाको अश्लिल फोटो तथा भिडिओ फेसबुक, इन्स्टाग्राममा पोष्ट गरेर चरित्र हत्या गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। उनीहरूबीच विवाद हुँदा फोटो तथा भिडिओ सामाजिक सञ्जालमा पोष्ट गरेको भन्ने जाहेरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
जिरेल काभ्रेमा भएको सूचना पाएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरेको थियो। उनलाई प्रहरीले पाँचखालमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।
उनलाई प्रहरीले आइतबार पक्राउ गरी काठमाडौं ल्याएको हो। उनीमाथि विद्युतीय कारोबार ऐन कसुर अनुसार थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

प्रकाशित मिति : २९ भदौ २०७८ मंगलबार ००:००  १ : ५५ बजे