२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

अर्घाखाँचीमा स्थापना भयो बैकुण्ठपुरी सङ्ग्रहालय

सन्धिखर्क ।ज्येष्ठ नागरिक जिल्ला सङ्घ अर्घाखाँचीले पत्रकार निमबहादुर रिजालको अग्रसरतामा सन्धिखर्क नगरपालिका–४ वांगलामा बैकुण्ठपुरी सङ्ग्रहालय स्थापना गरेको छ । सङ्ग्रहालयमा पुराना सामग्री राखिएको छ । सङ्ग्रहालयमा पुग्दा पुराना पुस्ताले प्रयोग गरेका सामग्री देख्न सकिने सङ्ग्रहालयका अध्यक्ष रिजालले बताए। कपडा राख्ने काठको मदुस, घ्यु राख्ने हर्पे, तेल राख्ने चौठी, मोही पार्ने काठको ठेको, मदानी र दही…