काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अफगानिस्तानमा सुरक्षा संकट खेपेका १४ हजारभन्दा बढी नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारसँग आग्रह गरेका छन्। यो काममा आलटाल नगर्न पनि उनले सरकारलाई सुझाएका छन्। अफगानिस्तानको राजधानी काबुलबाहेक प्रमुख शहर तालिबान विद्रोहीले कब्जामा लिएको उल्लेख गर्दै नेता भट्टराईले ट्वीट गरेका छन्, ‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका…