काठमाण्डौ ।वर्षाका कारण आएको बाढीपहिराले यो वर्ष सडकमा झण्डै ८० करोड रुपैयाँको क्षति भएको छ । हालसम्म एक सय ५८ सडक अवरुद्ध भएको र २५ पुलमा क्षति पुगेको सडक विभागले जनाएको छ । अहिलेसम्म सडकमा कति रकमको क्षति भएको भन्ने अनुमान गरिए पनि पुलमा गर्न नसकिएको विभागका सम्भार महाशाखाका प्रमुख तथा उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताउनुभयो…