काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र चाहानेले निर्वाचनको विरोध नगर्ने बताएका छन् । निर्वाचन आयोगका आयुक्तहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकार अब निर्वाचन गराउनेमा केन्द्रीत भएको उल्लेख गर्दै आयोगलाई कुनै शंका नगरि निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिएका हुन् । 'प्रधानमन्त्रीले सरकारले के गर्नुपर्छ भन्नुहोस् पैसा चाहिए उहाँलाई भन्नुहोस् भनेर अर्थमन्त्री तिर औँला देखाउनुभयो', एक आयुक्तले भने,…