१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

उखुको बक्यौता अनुदान तत्काल भुक्तानी गरिने

काठमाडौँ।सरकारले उखु किसानलाई दिएको अनुदानको बक्यौता तत्काल भुक्तानी गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानको बाँकी रहेको अनुदान रकम एक दुई दिनभित्रै भुक्तानी गरिने जनाएको छ । प्रतिक्विन्टल ३५ रुपियाँका दरले गत आर्थिक वर्ष २०८१/८२ मा बाँकी रहेको रकम केही दिनमै कोष तथा लेखा नियन्त्रणको कार्यलयमार्फत भुक्तानी गर्ने मन्त्रालयले जनाएको छ…