धनगढी । धनगढी विमानस्थल सञ्चालनमा आइतबार (आज) देखि अवरोध हुने भएको छ । आजदेखि एक महिनासम्म विमानस्थल आशिंक रुपमा मात्रै सञ्चालन हुने भएको हो । विमानस्थलको धावनमार्ग मर्मत तथा स्तरबृद्धिको लागि एक महिना विमानस्थल आंशिकरुपमा सञ्चालन हुने भएको विमानस्थलले जनाएको छ । यससँगै आइतबारदेखि दिउँसो तीन बजेपछि हुने सम्पूर्ण उडान एक महिनासम्म बन्द हुनेछन् ।…