२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

सुनको भाउ आज पनि यथावत्

काठमाण्डौ । सुनको भाउ आज पनि घटबढ भएको छैन । अस्ति आइतबारदेखि नै सुन तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ भने आज बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।