काठमाण्डौँ । मुलुकभर दशैंको रौनक छाएका बेला निर्वतमान सभामुख कृष्णबहादुर महरा प्रहरीको हिरासतमा पुगे । बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेर उनलाई सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमा राखिएको छ । सिंहदरबार वृत्तमा दुई वटा हिरासत कक्ष छन् । एउटा कक्षमा पुरुष र अर्कोमा महिलाहरुलाई राखिन्छ । महरा पुरुष हिरासत कक्षमा अन्य अभियुक्तसँगै बसिरहेका छन् । सो कक्षमा…