२६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

यात्रुबाहक बस भेरी नदीमा खस्यो



सुर्खेत ।

कर्णाली प्रदेशको केन्द्र सुर्खेत वीरेन्द्रनगर नगरपालिकाबाट भर्खरै प्राप्त समाचार अनुसार यात्रुबाहक बस भेरी नदीमा खसेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार सुर्खेतको बोटेचौरबाट सल्लीबजारतर्फ जाँदै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले बजारनजिकै बस भेरी नदीमा खसेको हो।

प्रारम्भिक जानकारीअनुसार बोटेचौरदेखि सल्लीबजार जाँदै गरेको बस भेरीमा खसेको खबर आएको छ। प्रहरी दुर्घटनास्थलमा भर्खर पुगेको छ। बसमा कति यात्रु थिए भन्ने खुल्न बाँकी छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २३ पुस २०७७ बिहिबार ००:००  ४ : ०१ बजे