२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

चितवन मेडिकल कलेजमा अनिश्चितकालीन तालाबन्दी

चितवन । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले कलेजमा ताला लगाएका छन्। आफुहरुसँग विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले भरतपुर उपमहानगरपालिका–१३ कैलाशनगरमा रहेको कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्। विद्यार्थीहरुको महिनौंको आन्दोलनपछि गत असोज ४ मा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहवरमा विद्यार्थी, मेडिकल कलेज र अभिभावकबीच त्रिपक्षीय छलफल भएको थियो। छलफलमा कलेजले विद्यार्थीबाट अवैध रुपमा बढी…