१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

झापामा जंगली हात्तीको त्रास, सुरक्षाका लागि प्रहरी परिचालन

भद्रपुर । झापाको अर्जुनधारा नगरपालिका–५ मा मानव बस्तीकोबीचमा बच्चासहित जङ्गली हात्तीको बथान दिउँसै आएपछि त्रास फैलिएको छ। भारततिरबाट आएका ६ वटा हात्ती मंगलबार बिहानदेखि नै सो वडास्थित ध्यानबहादुर भारतीको उखुबारीमा बसेका छन्। हात्ती बसेको उखुबारीको वरिपरि दुई दर्जन घर छन् भने डेढ सय विद्यार्थी अध्ययन गर्ने एउटा आधारभूत विद्यालय छेउमै छ। हात्ती दिउँसो बास बस्ने…