काठमाडौं, १५ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्न गरेको प्रस्ताव वाम गठबन्धन तोड्ने प्रयास भएको बताउनुभएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित ‘राष्ट्रनिर्माणको महाअभियान’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव माया गरेको नभइ गठबन्धन विथोल्ने प्रयास भएको आरोप…