पाल्पा, पुस १३ । रूपन्देहीको सालझण्डीबाट पाल्पाका साबिकका गाविसहरू सत्यवती, बल्ढेङगढी र जुठापौवाका मोटरबाटोमा ठेकेदारले अवैध रुपमा सडक कर उठाएका छन् । सम्झौता विपरित ठेकेदारले सडक कर उठाएपछि सवारी धनी समस्यामा परेका छन् । सालझण्डीबाट सत्यवती, बल्ढेङगढी र जुठापौवा पुग्ने मोटरबाटो अन्तर्गत जोगदमारमा सडक कर उठाउने गरी टेण्डर भए पनि ठेकेदारले अन्य मोटरबाटोमासमेत कर उठाएका…