पर्वत, पुस १२ । हिउँदे बाली लगाउने समयको सुरुवातसँगै बाँदरले आतंक मच्चाउन थालेपछि पर्वतको ग्रामीण भेगका कृषकले हैरानी व्यहोर्न बाध्य भएका छन् । लगाएको खेती उम्रिन नपाउँदै छरेको बीउ बाँदरले खोस्रेर सखाप पारेपछि कृषकहरु समस्यामा परेका हुन् । ग्रामीण क्षेत्रका गाउँमा बस्दै आएका नागरिक सुविधाको खोजिमा शहर केन्द्रीत बनेपछि फैलिँदै गएको वन क्षेत्रमा बाँदरको संख्या…