काठमाडौँ । आज देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले एक/दुई ठाउँमा ठूलो वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिनुभयो । अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको तथा आजदेखि थप बढ्ने भएकाले…