काठमाडौँ । अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता २३ जना नेपाली निष्कासन ९डिपोर्ट० मा परेका छन् । कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने क्रममा ४ महिला र १९ पुरुषलाई काठमाडौं ल्याएर अध्यागमनको जिम्मा लगाइएको छ । अमेरिकी प्रशासनले निष्कासनमा पर्नेको सूची वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासलाई बुझाएको थियो । त्यसपछि नेपाली दूतावासबाट ‘ट्राभल डकुमेन्ट’ बनाएर उनीहरूलाई नेपाल फिर्ता…