कपिलवस्तु । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा शिक्षाको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन्। कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवन उद्घाटन गर्दै उनले वर्तमान शिक्षालाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिएका हुन्। महासचिव पोखरेलले वर्तमान शिक्षा प्रणाली साधारण रहेको र यसलाई व्यवसायिक शिक्षामा रूपान्तरण गर्नुपर्ने बताए। उनले व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई…