काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सले चार्टर उडान गरेको छ । चीनको छेङ्दुबाट एक सय २६ यात्रु लिएर आएको सिचुवान एयरलाइन्सको जहाज बिहान पोखरा विमानस्थलमा अवतरण गरेको हो । पोखरामा भोलिदेखि शुरू हुने इन्टरनेशनल ड्रागनबोट फेष्टिभलमा सहभागी हुन खेलाडीहरुसहित चार्टर जहाज आएको हो । फेवा तालमा शुक्रवार र शनिवार दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस…