५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

प्रधानमन्त्री ओलीले नियुक्त गरे राजनीतिक र आर्थिक सल्लाहकार



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार र आर्थिक सल्लाहकार नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा। युवराज खतिवडालाई नियुक्त गरेको हो।

उनीहरूलाई मन्त्री वा सोसरह सुविधा पाउने गरी सल्लाहकारमा नियुक्त गरिएको हो। एमालेका उपमहासचिव रिमाल यसअघि पनि प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार भएका थिए।

पूर्वगभर्नर खतिवडा भने यसअघि ओलीको कार्यकालमा अर्थमन्त्री बनेका थिए।

प्रकाशित मिति : ३ श्रावण २०८१ बिहिबार ००:००  ९ : २८ बजे