काठमाडौँ । जाडोको समयमा शरीरले तापक्रम जोगाउन विभिन्न हर्मोन सक्रिय बनाउँछ । चिसोबाट जोगिन शरीरमा क्याटेकोलामाइन र एड्रिनल हर्मोन सक्रिय हुन्छ । यी हर्मोनले शरीर तातो बनाउन ऊर्जा उत्पादन गर्न, चिसोको सामना गर्न र शरीरमा पानी–नुन सन्तुलनमा राख्न मदत गर्छन् । तर यी हर्मोन सक्रिय हुँदा मुटुका रक्तनली तथा धमनीहरु साँघुरिन्छन् । चिसोलाई शरीरले तनावको…