काठमाडौँ ।नेपाली काँग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलनले निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने एजेण्डा पारित गरेको छ । ‘निर्वाचनमा हामी आफैँ लड्ने हो, तालमेल गर्ने छैनौँ’, पहिलो सम्मेलनपछि बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी सभापति अम्मरसिंह पुनले भने, ‘काँग्रेसले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्दैन । एक्लै लड्छ, यो एजेण्डा आसन्न काँग्रेस महासमिति बैठकमा पनि लैजाँदैछौं ।’…