एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर)ले जलवायु परिवर्तनको कारण विश्वभर लाखौं मानिसहरु विस्थापित भएको पुष्टि गरेको छ । ब्राजिलमा ३०औँ संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन अर्थात् कोप–३० हुनु अघि जारी गरिएको एक प्रतिवेदनमा यूएनएचसीआरले वितेको एक दशकमा मौसमसम्बन्धी प्रकोपहरूले झन्डै २५ करोड आन्तरिक विस्थापनहरू निम्त्याएको जनाएको छ । दक्षिण सुडान र ब्राजिलमा बाढी, केन्या…