नेपालगन्ज। तिहारमा करिब १३ क्विन्टल सयपत्री फूल बिक्री गर्नुभएका बाँके कोहलपुरका एक युवा व्यवसायीले यस पटक फूलको माग विगतभन्दा धेरै भएपछि माग पूरा गर्न नसकेको बताउनुभएको छ । कोहलपुर–१३, नयाँ बस्तीमा १४ कठ्ठा जग्गामा फूल खेती गर्नुभएका युवा व्यवसायी जयबहादुर बस्नेतले आफूले उत्पादन गरेको ११ क्विन्टल फूल तिहारभन्दा दुई दिनअघि बिक्री भइसकेपछि सुर्खेतबाट थप करिब…