२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

मृत्युपश्चातको अङ्गदान गर्न स्वास्थ्य मन्त्री खतिवडाको आग्रह

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अङ्गदान गर्न आग्रह गर्नुभएको छ । बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिँदै मन्त्री खतिवडाले मृत्युपश्चात अङ्गदान गर्न सबैलाई आग्रह गर्नुभएको हो । मृत्युपश्चातको अङ्ग दान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उहाँले बताउनुभयो ।…