दाङ । दाङमा आजदेखि टिपरका लागि समय तालिका अर्थात् टाइम कार्ड लागू गरिएको छ । बिहान ८ बजेदेखि साढे १० बजेसम्म, दिउँसो ३ बजेदेखि बेलुकी ५ बजेसम्म र राति १० बजेदेखि बिहान ५ बजेसम्म टिपर चल्न पाउने छैनन्। जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नियम विपरीत भारवहनको दोब्बर बढी चुनढुङ्गा बोक्ने, तीव्र गतिमा कुदाउने, ट्राफिक नियम…