११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

पोखरा घुम्न आएका भारतीय युवकको मृत्यु

पोखरा । पोखरा घुम्न आएका भारतीय युवकको गएराति मृत्यु भएको छ। भारतको आन्द्रा प्रदेश घर भएका २५ वर्षीय युवा किशोर कुमारको पोखरामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीले बताए। काठमाडौंस्थित मनमोहन मेडिकल कलेजमा अध्ययनरत् किशोर स्वयम्भूमा डेरा बस्थे। साथीहरूसँग बिहीबार पोखरा आएका उनी बिरामी भएपछि गएराति उनका साथीहरूले पोखरास्थित चरक अस्पताल लगेका…