७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

जनकपुरधाममा आज रातिदेखि एक हप्ताका लागि निषेधाज्ञा

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा लागु हुँदैछ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।