काठमाण्डौ । सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा नेपालले भारतीय पक्षसँग वार्ता गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रालयका उच्च अधिकारीलाई बोलाएर बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समितिको बैठक तत्काल डाक्नेबारे भारतीय पक्षसँग छलफल गर्न निर्देशन दिनुभएको छ । दुवै देशका सहसचिव रहने…