नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको क्वारेन्टाइनबाट फरार भएका तीनजनालाई बुधबार नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमा राखिएको छ । शनिबार भारतबाट आएका एकजना र उनको सम्पर्कमा आएकालाई सोमबार साँझ कावासोती ३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएको २४ घण्टा नबित्दै उनीहरु फरार भएका थिए । क्वारेन्टाइनबाट भागेका मध्ये कावासोती १ निवासी…