बारा । गर्मी अत्यधिक बढेपछि बाराका सम्पूर्ण विद्यालयहरु असार १ गते देखि ६ दिनका लागि बन्द गर्ने निर्णय भएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाराको शनिबार सम्पन्न बैठकले असार १ गते देखि ६ गतेसम्मका लागि जिल्लाका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको इकाइ प्रमुख अशोक रौनियारले जानकारी दिनुभयो…