उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार निर्माणधिन मदनभण्डारी लोकमार्ग खण्डमा पर्ने लाटी खोलामा बुधबार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। इप्रका वेल्टारका इन्स्पेक्टर गंगा पौडेलले चौदण्डीगढी नगरपालिका ७ का ४६ वर्षे खगेन्द्र र ४५ वर्षे जीवन साम्पाङको मृत्यु…