२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

कांग्रेस नेता आलमलाई उच्च अदालतले सफाइ दियाे

काठमाण्डौ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित चार जनालाई सफाइ दिएको छ । न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै आज कांग्रेस नेता आलमसहित, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई सफाइ दिएको हो । आलममाथि २०६४ साल चैत २७ गते…