२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

आउँदो शनिवारदेखि नेपालमा मनसुन भित्रिने अनुमान

काठमाण्डौ ।यस वर्षको मनसुन अबको तीन दिनपछि अर्थात् आउँदो शनिवारदेखि नेपालको पूर्वी भू–भागबाट प्रवेश हुने सम्भावना देखिएको मौसम विज्ञान विभागले जनाएको छ । मनसुन आगमन अनुगमन बुलेटिनअनुसार यस वर्षको मनसुन यसै हप्ताको अन्त्यमा नेपाल प्रवेश गर्ने सम्भावना रहेको उल्लेख छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भारतको आसामका केही भागहरू तथा भुटान…