राधिका बुढाथोकी, सिन्धुली ।आकाश उज्यालिएको छ। पखेटा फैलाएर उडिरहेका छन्, चराचुरुङ्गी। प्रकृतिले सुशोभित सौन्दर्यतामा पुलकित देखिन्छ पातलो बस्ती। त्यही बस्तीलाई ढाकेर बाक्लो रुपमा फैलिएको छ जुनार बगैँचा। जुनार बगैँचाका प्रत्येक हाँगा-हाँगामा लटरम्म झुन्डिएका छन्, पाकेका फल। सिन्धुलीको महाभारत पर्वतको काखमा अवस्थित गोलञ्जोर गाउँपालिका-४ तिनकन्याको दृश्य हो यो। जहाँ, लुकेको छ एउटा कथा-संघर्ष, सम्भावना र सफलताको।…