५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

कालापत्थरको रोमाञ्चाक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तन

कमलकुमार बस्नेत, काठमाडौं ।गत अक्टोबर २७ तारिखको बिहान ८ बजे लुक्लाबाट हेलिकप्टरमार्फत गोरकसेपमा ओर्लँदै गर्दा खुसीले मन चङ्गा थियो। चहकिलो घाम, मज्जाले खुलेको मौसममा सगरमाथा, नुप्त्से, ल्होत्से, पुमोरीलगायतका हिमाल आँखैअगाडि छर्लङ्गै थिए। सगरमाथालगायतका हिमाललाई समीपैबाट धित मरुञ्जेल हेर्ने रहर पूरा हुँदै थियो। हाम्रो टोलीका आठ जनामध्ये आरोही मिङ्मातेञ्जी शेर्पा र कमल प्रसाईँ पहिलो उडानमा गोरकपेस…