५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

कोपा अमेरिकामा मेक्सिकोको विजयी सुरुआत

एजेन्सी।मेक्सिकोले अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा विजयी सुरुआत गरेको छ । समूह बी अन्तर्गत टेक्ससस्थित एनआरजी स्टेडियममा आइतबार बिहान भएको खेलमा मेक्सिकोले जमैकालाई १(० ले हरायो । मेक्सिकोका लागि जेरार्डो अर्टेटाले ६९औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसअघि ५०औं मिनेटमा जमैकाका मिकेल एन्टोनिओले गोल गरेपनि भिएआरले मान्यता नदिँदा अग्रता लिने अवसर गुमाएको थियो…