अर्घाखाँची ।गाउँमा किसानले उत्पादन गरेको खाद्यवस्तुलाई ब्राण्डिङ गरेर बजारसम्म पुर्याउन थालिएको छ । पाणिनिको ध्यू, धातीवाङको आलु, खिल्जीको महसहित गेडागुडी, मकैको च्याख्ला, गहुँको पिठो, अदुवा, बेसार, कोदो, अचारका परिकार, तरकारी लगायतका खाद्यवस्तु संकलन गरी बजारमा पठाइएको हो । चुत्रावेशीमा रहेको साथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सन्धिखर्कमा खोलिएको साथी बहुउद्देश्यीय सहकारी उद्योेग बिक्री केन्द्र मार्फत् दुई…