काठमाण्डौ । आउँदो शुक्रवार हुने पालिका चुनावको लागि देशभर मतपत्र ढुवानी सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगकाअनुसार चुनावको लागि आवश्यक पर्ने सबै सामग्री जिल्लामा पुगिसकेको र जिल्लाबाट मतदान केन्द्रसम्म पुर्याउने काम तीव्र रुपमा भइरहेको छ । मतपत्रसहितका ५८ प्रकारका सामग्री केन्द्रसम्म पुर्याउने काम भइरहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । पालिका चुनावको…