१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

छक्किए धान डुवेका बाणगंगाका किसान, भन्छन् ‘बैङ्क खाता खोल्यौँ, राहत पाएनौँ’




मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकाका किसानले गत असोजमा आएको बर्षा र बाढीका कारण डुबेको धानको कुनै राहत नपाएको गुनासो गर्दै नगरपालिकाले छक्क्याएको गुनासो गरेका छन् ।
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मैदानमा होमिएर घरदैलेको क्रममा रहेका चार दलीय गठबन्धनका उम्मेदवारसंग अधिकांस किसानले धान डुवेर नोक्सान भए पनि राहत नपाएको गुनासो पोखेका हुन् ।
वडा नम्बर ४ का वडा अध्यक्ष पदका उम्मेदवार चन्द्रकान्त न्यौपाने, वडा सदस्यहरु विमला श्रेष्ठ, नुर बहादुर राना, रामचन्द्र खनाल लगायतको टोलीले हरेक दिन मतदातासंग भेटी समस्या र गुनासा सुनिरहेका छन् । गत एक सातादेखि घरदैलोमा रहने क्रममा झुँगा, गजेहडा, ठाकुरापुर, हरिहरपुर, डुङ्गहवा, सिद्धिपुर, बुङ्ची, गजेहडामा रहेका किसानले नगरले आफूहरुलाई छक्क्याएको आफूहरुसंग बताएको न्यौपानेले मायादेवी अनलाइनसंग सुनाउनु भयो ।
किसानको भनाई उदृत गर्दै न्यौपाने भन्नुहुन्छ ‘हामी बर्षभरी पालिने धान खेतीलाई गत असोजमा आएको बर्षा र बाढीले डुवायो । आज के खाऔँ, के लगाउँ भएको छ । नगरपालिकाले राहत दिन्छौँ भनेर एउटा फारम पनि भर्यो तर किन त्यो फारम भरेको रहेछ थाहा भएन । खै अझैसम्म राहत पनि पाइएन । यो त सरासर झुक्याएको भयो नि ।’
हरिहरपुरका एक जना महिला किसानले बैङ्क खाता खोल्दा, अरु केके गर्दा २ हजार खर्च भए पनि राहत एक रुपैयाँ पनि नपाइएको दुखेसो पोखेको न्यौपानेले जानकारी गराउनु भयो । ‘खाता खोल्ने नाममा बेकारमा हामी दुखीको २ हजार नगरले खायो । त्यो खाता किन खोलेको रहेछ । बुझाइदिनु पर्यो । हजुर त पत्रकार हो नि होइन ? भनेर आफूहरुलाई सोधेको उहाले सुनाउनु भयो ।
यस्तै अन्य धेरै किसानले डुबेको धानको कुनै क्षतिपुर्ति नपाएको दुखेसो पोखेका छन् । यसबारेमा बुझ्दा किसान भन्छन् ‘हाम्रो विवरण मागियो, दियौँ । त्यसपछि कहिले राहत आउँछ भनेर कुर्यौँ तर चुनाव आइसक्दा पनि राहत आएन । अब त चुनाव आयो कसरी पाइएला र ?
किसानका दुखेसो सुनेपछि आफूले यस विषयमा नगरपालिकासंग बुझ्ने बताउँदै किसानलाई अन्याय भएको न्यौपानेले बताएको बताउनु भयो । धेरै किसानको यस्तो गुनासो आएकाले एकपटक नगरपालिकासंग बुझ्न उहाँले मायादेवी अनलाइनलाई आग्रह गर्नुभयो । आफूले वडा जिते यस्तो विभेद र समस्या कहिल्यै नआउने भएकाले ढुक्कसंग मत दिन उहाँले सबैम आग्रह गर्नुभयो । यता नगरपालिकाले भने अनुदान दिने भनेर माथिबाटै फारम भर्न रलगत लिन लगाएको तर अन्त्यमा रकम नआएको बताएको छ ।नगरले राहत दिन्छौँ भनी टोल विकास समितिमार्फत् गाउँगाउँमा फारम पनि भरेको थियो ।तर अझैसम्म किन त्यो फारम भरेको जनताले थाहा पाउन सकेका छैन्न् । नगरका अरु वडाका किसानले पनि यस्तो दुखेसो पोख्ने गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९ आइतबार ००:००  ९ : १४ बजे