काठमाण्डौ । पेट्रोलियम व्यवसायीहरुको आन्दोलन स्थगित भएको छ । नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच सहमति भएसँगै व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् । निगमको केन्द्रीय कार्यालय टेकुमा हिजो बेलुकी भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो । सहमतिसँगै आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र…