६ जेष्ठ २०७९, शुक्रबार | Sat May 21 2022

कोरोना संक्रमण घट्दो, पछिल्लो २४ घन्टामा थप ४ जनालाई संक्रमण



काठमाडौं ।

नेपालमा पछिल्लो २४ घन्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ३ हजार ३४२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। २ हजार २६२ जनाको पिसिआर र १ हजार ८० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। अहिले देशभर ४ सय ७९ जना सक्रिय संक्रमित छन्। ५४ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

प्रकाशित मिति : १ बैशाख २०७९ बिहिबार ००:००  ५ : १७ बजे