काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ।सोमबार बिजुलीबजार प्रुडेन्सियल कलेजमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले एमसिसीको विपक्षमा उभिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।उनले आफ्नो पार्टीका सबै सांसद र मन्त्रीहरूले एमसिसीको विपक्षमा मतदान गर्ने बताए।‘यसमा स्वविवेक प्रयोग गर्ने भन्ने हुन्न।…