१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बेमौसमी वर्षाले धानबालीमा क्षति बेहोरेका किसानलाई राहत दिन एक अर्ब निकासा



काठमाडौं ।

गत असोज अन्तिम र कात्तिक पहिलो साता आएको वर्षाले धान बालीमा क्षति बेहोरेका किसानलाई राहत दिन अर्थ मन्त्रालयले एक अर्ब रूपैयाँ निकासा गरेको छ । गृहमन्त्रालयले किसानको खातामा उपलब्ध गराउनेगरी उक्त रकम निकासा भएको कृषि विकास सचिव गोविन्द शर्माले जानकारी दिए ।

केही दिन अघि निकासा भएको रकम स्थानीय तहबाट प्रमाणीकरण भएर आएका अधिक वर्षा प्रभावित जिल्लाका पीडित किसानलाई उपलब्ध गराउने उनको भनाइ छ ।
‘३१ जिल्लाका प्रमाणीकरण भएका किसानलाई राहत जान सुरु हुन्छ, पीडित किसानले राहत छिटो पाउन स्थानीय पालिका र वडाले छिटोभन्दा छिटो प्रमाणीकरण गरिदिनुपर्छ” सचिव शर्माले भने । थप राहत रकम किसानलाई उपलब्ध गराउनेगरी निकासा गर्न अर्थमन्त्रालयलाई पत्राचार गरिएको पनि मन्त्रालयले जनाएको छ । अध्ययन प्रतिवेदनले किसानलाई ५ अर्ब ५२ करोड रुपैयाँ राहत दिनुपर्ने औल्याएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८ सोमबार ००:००  ४ : ४३ बजे