मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (माओवादी केन्द्र) कपिलवस्तुले शनिबार (भोलि) जिल्लाका सबै पालिकाको सम्मेलन गर्दै छ । पार्टीको केन्द्रीय निर्देशन अनुरुप माओवादी केन्द्र कपिलवस्तुले जिल्लाका १० वटै पालिकामा सम्मेलन गर्न थालेको हो । माओवादीका जिल्ला समन्वय समितिका संयोजक रामचन्द्र शाहका अनुसार सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलन सम्पन्न गर्नका लागि पार्टीले विभिन्न पालिकामा नेता खटाएको…